पोखरा १८, भदौं,
पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध चयन हुनु भएको छ । यसरी सर्वसम्वत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध हुनु भएको हो । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले बताउनु भयो ।
निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ता भएको थियो भने सोमबार दाबी विरोधको समय दिइएको थियो । उक्त पदमा भने ४ जनको मात्र उम्मेदवारी परेको थियो ।vबुद्धाचार्य, बास्तोला, गौतम र श्रेष्ठले उम्मेदवारी दिएका पदमाअर्को उम्मेदवारी नपरे पछि स्वतहः निर्विरोध हुनु भएको छ यद्यपी यसलाई आधिकारीक रुपमा निर्वाचन समितिले भने घोषणा गरेको छैन । त्यसै गरी कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध हुनु भएको छ । त्यस्तै औधोगिक सदस्यबाट एकनारायण गौतम निर्वाचित हुनु भएको छ ।
अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । यही भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा निर्वाचन हुने भएको छ । निर्वाचित पदाधिकारी अर्जुन पोखरेल पयानलका हुनुहुन्छ भने कार्कीले एकल अध्यक्षमा उम्मेदवारी दिई रहदा पोखरेलले पदाधिकारी सहितको प्यानल सहित चुनावी मैदानमा उत्र्रिनु भएको हो । संघमा आबद्ध करिब २ हजार ९ सय सदस्य रहेको संघले जनाएको छ ।