
पोखरा १५, भदौं,
पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशनको लागि शुक्रबार मनोननयपत्र वितरण भएको छ । निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले मनोनयनपत्र लगेका छन् ।

वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयनपत्र लिएका छन्। वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले आंकाक्षा राखेका छन् । उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गले चाहना देखाएका छन् । कर्पोरेटतर्फको २ जना कार्यसमिति सदस्य बन्दना कार्की केसी र रामप्रसाद कँडेलले मात्र मनोनयनपत्र लिएका छन् ।

एक औद्योगिक सदस्यमा पनि एकनारायण गौतमको मात्र आकांक्षी छन् । उता ४ जना बस्तुगत सदस्यको लागि भने ७ जनाको आकांक्षी छन् । बस्तुगतको लागि दुर्गा बराल,नविन नापित,पूर्णशोभा गुरुङ,पृथ्वीराज तिमिल्सिना,सूर्यराज घिमिरे( सुरेश),दीपेन्द्र कोइराला,लालप्रसाद ढकालले मनोनयन पत्र बुझेका छन् । प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जनाले चाहना राखेका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु,टीकाराम सुवेदी( माधव),ललितजंग कुँवर,भीम गौतम,प्रेमप्रसाद सुवेदी,सौगात थापा, यादवप्रसाद पोखरेल,जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ ( आशिष),लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन,विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका छन् ।

निर्वाचन कार्यक्रम अनुसार आइतबार मनोनयनपत्र दाखिला गर्ने, सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने, सोमबार दाबी विरोध प्रस्तुत गर्ने र भदौ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोही दिन उम्मेवारी फिर्ता लिने र साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।