पोखरा १५, भदौं,
विगत १७ वर्षदेखि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट सञ्चालन गर्दै आइरहेको पोखराकै सबै भन्दा पुरानो निजी विद्यालय माउन्ट अन्नपूर्ण मा.वि.पोखराले विद्यार्थीहरूको विभिन्न क्लब गठन गरेको छ ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउने उद्देश्यका साथ विद्यालयको नियमित वार्षिक कार्यव्रmम अन्तरगत गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटेरेक्चर क्लब स्थापना गरिएको हो ।
जसमा २१ सदस्य सहित गेम एण्ड स्पोर्टस क्लब अन्तरगत अध्यक्षमा श्रृष्टी थापा र सचिवमा बाल कुमार पुर्जा, म्युजिक आर्ट एण्ड लिटेरेक्चर क्लबमा १२ सदस्य सहित अध्यक्षमा डेबिड दुतराज र सचिवमा एलिन थापा र सोसल सर्भिस क्लब अन्तरगत १७ सदस्य कमिटी सहित अध्यक्षमा प्रथम श्रेष्ठ र सचिवमा दृश्या गुरूङ मनोनित भएका छन् ।