
काठमाडौँ, भदौ १२,
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बुधबार नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी ९एनओसी० ले बुधबार खेलकुदमन्त्री चौधरी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।

एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यव्रmममा सामाजिक सुरक्षमन्त्री भण्डारी भने कार्यव्यवस्तताका कारण उपस्थित हुन सक्नुभएन । मन्त्री भण्डारी एनओसीका सल्लाहकारसमेत रहनुभएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेल संघहरुको प्रगति र विकासले आप्mनो कार्यकालको सफलताको मापन हुने बताउनुभयो । उहाँले भन्नुभयो– संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आआप्mनो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु । यसैगरी उहाँले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिका खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको र यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने भनाइ पनि राख्नुभयो ।
एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबिच समन्वय हुनु आवश्यक भएकोतर्फ औँलयाउनुभयो । यसैगरी एनओसीका महासयिचव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको छ, भन्नुभयो । अन्य संघले पनि कराँतको सिको गर्दै अगाडि बढ्नुपर्छ– उहाँले भन्नुभयो ।
सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो । उहाँहरुले मन्त्री चौधरीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिनुभएको थियो ।