
दीननाथ बराल,
पोखरा १२, भदौं,
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन हुनु भएको छ । परिषदको आज पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मंच नेपाल ९भिटोफ० गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी आगामी दुई बर्षीय कार्यकालको लागि चयन हुनु भएको हो ।


त्यसै गरी परिषदको हाल ६ जना सदस्य चयन हुनु भएको निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन हुनु भएको परिषदले जनाएको छ । अन्य पदाधिकारी सहित थप ३ जना सदस्य अध्यक्षको तजविजमा चयन हुने भएको छ ।

यस अघि उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गर्दै पोखरामा पर्यटनको बसाई अवधि लम्बाउन वाटर स्पोट्र्स सम्बन्धि गतिविधि गर्नुपर्नेमा जोड दिनु भयो ।

उक्त अवसरमा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको निर्तमान महासचिव संजयकान्त सिग्देलले बताउनु भयो । होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न ठाँउमा पर्यटन क्षेत्रमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको परिषदले जनाएको छ ।

होटल बाराही, बाराही जंगल लज लगायतका विभिन्न पर्यटन क्षेत्रमा करिब ३ अर्ब भन्दा बढी लगानी गरी पौडेल परिवारले ६ सय भन्दा बढीलाई रोजगार दिएको परिषदले जनाएको छ ।

परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, गायक विवेक श्रेष्ठ, भारतिय पेन्सन क्याम्पका प्रशान्त सिंह वधेल, परिषदका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले पोखराको पर्यटन प्रबद्र्धनमा नयाँ पर्यटन पर्यटकीय गन्तव्यको खोजि र प्रबद्र्धन गर्न जोड दिनु भयो ।



