यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८१ मा प्रकाशित


चितवन, १० भाद्र,

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो ।

उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

राजभण्डारीका अलावा अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम सम्मानित हुनुभएको हो । सम्मानित पत्रकारहरुलाई संघीय खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।