पोखरामा श्रीकृष्ण जन्माष्टमी मनाइदै(फोटो तथा भिडियो)

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, भदौं,

श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा पनि मनाइदै छ । पोखराका विभिन्न कृष्ण मन्दिरहरुमा धुमधामका साथ यस पर्व मनाइदै छ । विभिन्न कृष्ण मन्दिरहरुमा आज भगवान् श्रीकृष्णको पूजा आराधना सहित र्याली सहितको झाँकी समेत प्रर्दशनी गरिएको छ ।

पोखरा १० रामबजारमा श्रीकृष्ण मन्दिरमा, श्रीकृष्ण मन्दिर संचालक समितिको आयोजनामा, पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा श्याम श्याम सत्संग पोखरा १५ (राधे राधे) को संयुक्त आयोजनामा पोखरामा सोमबार बृहत शोभा यात्रा निकालिएको छ । त्यसै गरी पोखराका विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमी पर्व विभन्नि कार्यक्रमको आयोजना गरी मनाउनु भएको छ । यसै सम्बन्धि डिभियो समाग्रि ।

पोखरामा निकालिएको शोभा यात्रामा स्थानिय आमा समुह देखि बिद्यालय सहित विभिन्न संघ संस्थाको सहभागिता रहेको श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष विश्व तण्डुकारले बताउनु भयो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व विगतका बर्ष देखि मनाउदै आएको पोखरा १५ का अध्यक्ष तोरण बानियाँले बताउनु भयो ।

पोखराका धेरै कृष्ण मन्दिरहरुमा भजन चुड्का प्रतियोगिताहरु समेत आयोजना भएको छ । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्नु हुन्छ । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

श्रीकृष्ण जन्माष्टमको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । शोभा यात्रामा भजन समूह, पञ्चेबाजा तथा ब्याण्ड बाजा समूह पनि सहभागी हुनु भएको थियो ।