
पोखरा ५, भदौं,
१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो ।
बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ कोषाध्यक्ष महेश पौडेलले बताउनु भयो । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए ।