पोखरा २५, साउन,
ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अनुरोधमा भुटान स्थित एमिन भुटान टुर्स एण्ड ट्रेक प्रा.लि.ले टान गण्डकीमा आवद्ध भुटान टुर बिक्री गर्ने कम्पनीका प्रतिनिधीहरुलाई सहभागी गराई ५ दिने कार्यक्रम हालै सफलताका साथ सम्पन्न भएको छ । टान गण्डकीको आयोजना ,पोखरा महानगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको प्रबर्धनमा गरिएको उक्त कार्यक्रमको संयोजन ंसस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्नु भएको थियो ।
उक्त परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु तथा टान गण्डकीमा आवद्ध ट्रेकिङ कम्पनीका संचालकहरु सहितको १५ जनाको सहभागीतामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । भुटान भ्रमणको क्रममा भुटानको पर्यटन मन्त्री दीनानाथ दुङ्गेल, सांसद लाक्पा तामाङ तथा भुटान पर्यटन बिभागका निर्देशक डाम्योरिम्जीम सहितको उच्च स्तरीय व्यक्तित्वहरुसंग भेटवार्ता भएको थियो ।
भुटान टुरले आयोजना गरेको एक कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले पोखराले सिंङ्गो नेपालको पर्यटनका बारेमा प्रकास पार्दै भुटानसँग गुणस्तिरय पर्यटक उधोगका लागि आगामी दिनहरुमा हातेमालो गर्दै काम गर्ने बताउनु भयो । भुटानको भाषा, रहन सहन,धर्म, संस्कृति, भौगोलिक बनाबट नेपालसंग मिल्दोजुल्दो भएको हुनाले आन्तरिक र वाहय पर्यटक खुसी हुने कुरा व्यक्त गर्नुभयो । यसका साथै भुटानको हवाइमार्ग सोझै पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा जोड्न सके पोखरामा आन्तरिक पर्यटक तथा भुटानका आन्तरिक तथा बिदेशी पर्यटक प्रत्यक्ष रुपमा नेपालको पर्यटनको राजधानी पोखरासित जोडिने कुरामा जोडदिनुभयो ।
यसै गरी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको पर्यटन प्रबर्धन र भुटानको पर्यटन प्रबर्धनका लागी एक आपसमा संगसंगै हातेमालो गर्दै अघि बढ्ने कुरामा जोड दिनु भएको थियो । पोखरा तथा नेपालकै आन्तरिक पर्यटकहरु भुटान आउन आतुर भएको साथै नेपाल घुम्न आएका बाहय पर्यटकहरुलाई पनि भुटान पठाउन सहज हुनको लागी भुटानको पारोबाट नेपालको पोखरा सिधा उडानको लागी भुटानका परराष्ट्र मन्त्रीसंग अनुरोध गरिएको थियो । यस प्रकारको सेवा बिस्तार गर्न सकेमा दुबै देशको पर्यटन प्रबर्धनमा कोशे ढुंगा साबित हुने श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । जानकारी दिनुभयो । यसै क्रममा भुटानका परराष्ट्रमन्त्री दीनानाथ ढुङेगले आगामी दिनहरुमा टान गण्डकीसंग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पुयाउने बाचा गर्नुभयो । साथै यसरी नै नेपालका बिभिन्न ठाउँबाट भुटान घुम्न आईदिनुहुन समेत आग्रह गदै निकट भबिष्यमा पोखरा भ्रमणका लागी नेपाल आउने पनि वाचा गर्नुभयो ।