पोखरामा शनिबार सांगीतिक कार्यक्रम सहित हब शैक्षिक मेला हुने

-


     पोखरा क्लिक     
     श्रावण २५ गते २०८१ मा प्रकाशित


पोखरा २५, साउन,

पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) सांगीतिक माहोलका माझ हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा उक्त कार्यक्रम ह्ुने भएको शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुलोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययन पछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने भएको एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगिता लगायत रोचक खेलहरू समेत खेलाइने भएको उनले बताए ।

अन्योलमा रहेका विद्यार्थीले समेत यो शैक्षिक मेलामा सहभागी भएर आफ्ना सबै अन्योलतालाई मेटाउन सक्ने आयोजकको विश्वास छ । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले १८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदै आएको छ ।

एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशनका सञ्चालक खड्काले सुनाए । पोखराको ट्रेड महलको तेस्रो तलावाट सेवा प्रवाह गर्दै आइरहेको एजुकेशनको शाखा पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको एजुकेशनका पोखरा हेड प्रदिप पहारीले बताए । एजुकेशनको शाखा काठमाडौं, चितवन, भैरहवादेखि विदेशमा अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि विस्तार गरेको पहारीले बताए । एजुकेशनले भोलिका दिनमा युवा लछित कार्यकम गर्ने पहारीले जनाए ।