राम बजार ताया मचा नाच समितिको अध्यक्षमा नारायण श्रेष्ठ

-


     पोखरा क्लिक     
     श्रावण २२ गते २०८१ मा प्रकाशित


पोखरा, २२ साउन,

२०६५ सालमा रामबजार बासीहरुको सहयोग र तत्कालीन तनहु समाज हङकङको बिषेश सहयोगमा स्थापना गरि रामबजारको पहिचानका साथ रामबजार तायाः मचाः नाच समिति गठन गरि नेवारी परम्पराअनुसार गाईजात्राको अवसरमा पोखराकै पहिलो महिला सहभागि गराई महिला लाखे समेत उत्पादन गरि रामबजारद्वारा महिलाहरूलाई सहभागी गराउँदै तायाः मचाः नाच प्रदर्शन गर्दै आज १७ औं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्‍वर बहादुर कार्कीको प्रमुख अथित्यतामा शुभारम्भ गरिएको नासःधो पुजा र साधारण सभा अधिवेशन तथा सम्मान कार्यक्रमको राष्ट्रिय बिभुति शंखधर शाख्वाको तस्विरमा माल्यार्पण गरि नेवारी परम्पराअनुसार द्योला गरि कार्यक्रमको शुभारम्भ गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्कीले कला सास्कृति संरक्षण गर्न लागी परि हरेक बर्षको एसइइ परीक्षामा उत्तीर्ण कलाकार हरूलाई सम्मान गर्दै राम बजार क्षेत्रमा स्तरिय तायाः मचाः नाच रामबजार बासीका साथ वडाकै पहिचान गराउन सहयोग गरेको बताउनु हुदै कला संस्कृतिलाई बचाइराख्ने कर्तव्य वडाको समेत रहेको हुदा नाच संचालन गर्न वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुहँुदै १६ बर्ष सम्म नाचलाई बचाइराख्नु हुने समितिलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुहुदै नब निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिनुहुदै सम्मानित सबैलाई हार्दिक बधाई दिनु भयो ।

साधारण सभा, अधिवेशन तथा सम्मान कार्यक्रममा निर्बाचन समितिमा समितिका सल्लाहकार नारायण प्रसाद उज्जर को संयोजक र नेवाः खलः कास्की का निबर्तमान अध्यक्ष प्रकाश पालिखे र नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सदस्य धनमाया गुरुङ्ग सदस्य रहेको निर्बाचन समितीले निर्बाचन सम्पन्न गरि नव निर्वाचित अध्यक्ष नारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष जयन्द्र कुमार राजभण्डारी, द्वितीय उपाध्यक्ष बिश्व तण्डुकार, सचिव गोपाल राजभण्डारी, कोषाध्यक्ष शम्भु कुमार गोशली र सदस्यहरूमा निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, जीवन श्रेष्ठ, रमेश प्रसाद श्रेष्ठ, अंकित तण्डुकार र बसन्ती तझ्यालाई निर्बिरोध निर्वाचित भएको धोषणा गर्नुहुदै नब निर्वाचित सबैलाई निर्बाचन समितीका संयोजक नारायण प्रसाद उज्जरले सपथ ग्रहण गराउनु हँुदै बढाई तथा शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा समाज सेवी कालिका मन्दिर संचालक समितिका अध्यक्ष एवं तायाः मचाः नाच समितिका सहयोगी मनबिर गुरुङ्ग ( ढासा ) लाई सम्मान पत्र र दोसल्ला ले सम्मान गरिएको उक्त साधारण सभामा राम बजार नेवाः मिसा पुच रामबजार, श्री कृष्ण मन्दिर संचालक समिति राम बजार, श्री कालिका मन्दिर संचालक समिति रामबजार र राम बजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजार लाई सम्मान पत्र द्वारा सम्मानित गरिएको सभामा २०८० सालको क्भभ परीक्षामा उत्तीर्ण कलाकार बिध्यार्थी लगायत सम्पुर्ण सहयोगी कलाकारहरूलाई प्रमाण पत्र द्वारा सम्मान गरिएको उक्त कार्यक्रममा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, नेवाः खलः कास्कीका नि बर्तमान अध्यक्ष प्रकाश मान पालिखे, सम्मानित ब्यक्ति मनबिर गुरुङ्ग ( ढासा ) रामबजार सोसाइटी यूकेका पुर्व अध्यक्ष रूपक गुरुङ्ग, रामबजार नेवाः मिशाः पुच रामबजारका अध्यक्ष अम्बिका राजभण्डारी, कालिका मन्दिर संचालक समितिका उपाध्यक्ष माधव प्रसाद बराल, राम मन्दिर माछापुच्छ्रे महिला समुहका अध्यक्ष माया गुरुङ्ग भुजेल लगायतका बक्ताहरूले आ आफ्नो बिचार राख्नु हुदै कला संस्कृतिलाई बचाइराख्ने समितिको मात्र जिम्मेवार नभै हामि नेपाली सबैको रहेको बताउनु भयो ।

उक्त साधारण सभा तथा अधिवेशन कार्यक्रममा रामबजार तायाः मचाः नाचः समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले स्वागत गर्नु भएको उक्त कार्यक्रममा द्वितीय उपाध्यक्ष जयन्द्र कुमार राजभण्डारीले सबै उपस्थित अतिथिहरूलाई धन्यबाद दिनु भएको उक्त कार्यक्रममा राम बजार तायाः मचाः नाच समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ को सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा अध्यक्ष।श्रेष्ठले आफुलाई साथ दिइ सहयोग गर्नुहुने गुरुजनहरू, रामबजार बासीहरू, कार्यसमिति पदाधिकारी सदस्य हरू र कलाकार भाइबहिनीहरू सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भए को उक्त कार्यक्रम नाच समितिका सचिव विश्व तण्डुकार ले संचालन गर्नुभएको थियो ।