मज्र्याङ्गकोटका गुरुङ्ग परिवालाई तमु समाज सलालाह ओमानको सहयोग

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८१ मा प्रकाशित


एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक लाख २४ हजार तीन सय साठी रुपैयाँ तमु समाज सलालाहको सक्रियतामा प्रदान गरिएको हो ।

विगत ८ बर्ष अघिदेखि प्यारालाईसिसबाट पिडीत रहेकी ७७ बर्षीया तुलसी गुरुङ्ग दुई बर्ष अघिबाट छोरा चन्द्रबहादुर गुरुङ्गको समेत दुवै मृगौला फेल भएपछि चरम आर्थिक समस्यामा पर्नुभएको थियो । आमा र छोराको उपचार गर्न समेत समस्या परेपछि दाता गुहार्न बाध्य भएको पिडित चन्द्रबहादुरले बताउनुभयो । ‘दशबर्षसम्म विदेशमा कमाएको धन समेत उपचारमै सकियो’ उहाँले भन्नुभयो,‘आर्थिक समस्याकै कारण हप्तामा दुईपटक डाईलोसिस गर्नुपर्ने भएता पनि एक पटक मात्र गर्न बाध्य छुआर्थिक सहयोग पाएपछि आफुहरुको उपचारमा सहजहुने गुरुङ्ग परिवारले विस्वास लिएको छ ।

प्यारालाईसिसबाट पिडीत आमा तुलसी सामान्य हिडडुलसमेत गर्न नसक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । शनिबार सहयोग रकम सहित मज्र्याङ्गकोट पुगेका तमु समाज सलालाहका महासचिव लालबहादुर गुरुङ्गले समाजको सहयोगले उनीहरुको उपचारमा राहत पुग्ने बताउनुभयो । समाजमा आवद्ध रहेको सदस्यहरुको साथै ओमानमा रहेको पोर्ट अफ सलालाहमा कार्यरत अन्य नेपालीहरुले समेत आर्थिक सहयोगमा साथ दिएको भन्दै मानवीय सेवामा सधै क्रियाशिल रहने गुरुङ जानकारी दिनुभयो ।