पोखराका कुशल गुरुङ नेपाल नवीकरणीय ऊर्जा परिसंघको अध्यक्षमा चयन

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८१ मा प्रकाशित


काठमाडौँ १२, साउन,

उर्जा विद् एवं पोखरेली युवा व्यवसायी कुशल गुरुङ नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा चयन हुनु भएको छ । शुक्रबार सम्पन्न रिकोनको ७ औं साधारणसभाबाट गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा क्रियाशिल गुरुङ्ग सर्वसम्मतिबाट चयन हुनु भएको हो । त्यसै गरी परिसंघको उपाध्यक्षमा केशवराज खनाल, महासचिवमा ऋषवराज आचार्य, कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली र सचिवमा तेजनारायण ठाकुर चयन हुनु भएको हो भने सदस्यहरुमा यबबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने रहनु भएको छ ।

वीण्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत र गण्डकी ऊर्जा प्रालिका सञ्चालक समेत रहनु भएको अध्यक्ष गुरुङले नेपालमा उर्जाको अथाह सम्भावना भएकोले यसको उचित व्यबस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । कार्वन उत्सर्जन कम गर्नका लागि पनि नविकरणीय उर्जाको उपयोग बढाउनुपर्ने बताउदै अध्यक्ष गुरुङले सरोकारवाला सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनु भयो । कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जाको क्षेत्र स्वार्थलाई त्यागेर लाग्न आग्रह गर्नु भयो ।