
दीननाथ बराल,
पोखरा १२, साउन,
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक महिना भित्र जनताले अनुभुति हुने गरी काम गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले शनिबार पोखराको होटल बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री गुरुङले अहिलेको अबस्थामा सवै तर्फ निरासा छायकोले जनतामा आशा देखाउने गरी हाल आफुहरुले रणनितीक ढंगले जनताले अनुभुति हुने गरी काम गर्न बताउनु भएको हो ।

हालसम्म डिजिटल नेपाल बनाउने फ्रेमवर्क निर्माण भएको उल्लेख गर्दै उहाँले कुनै फाइनलहरुको तोक तथा टिप्पर्णी उठाउदा हाल आफ्नो मन्त्रालयबाट डिजिटल नेपालको अभियान अन्र्तगत कलमले दस्तखत नगर्ने तर अनलाइनबाटै संचालन गर्ने गरेको सुनाउनु भयो । अघिल्लो सरकारले ल्याएको बजेटका कारण आफुहरुको काममा केही बाधा पुगे पनि अघिल्लो सरकारले ल्याएका धेरै राम्रा काम र योजनाहरु कार्वान्वयन हुने मन्त्री गुरुङले जनाउनु भयो । यसै सम्बन्धी डिभियो सामाग्रि ।
जनतामा जुन निरासा छायको छ र सरकार प्रतिको विश्वास गुम्दै गएको छ त्यसको लागि अहिलेको सरकारले एक महिना भित्र जनतालाई अनुभुति हुने गरी आफुहरुले कामको थालनी गरेको उहाँको भनाई छ । सूचना तथा प्रविधि मन्त्रालय सहितका धेरै निकायमा कानूनहरु समेत संसोधन गर्न आवश्यक भएको मन्त्री गुरुङले बताउनु भयो । संघका अध्यक्ष विमल भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।