आन्तरिक राजस्व कार्यालय पोखराद्धारा ५ अर्ब ५७ करोड राजश्व संकलन

-


     पोखरा क्लिक     
     श्रावण ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३, साउन,

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०८०÷०८१ मा ८७.१९ प्रतिशत प्रगती हासिल गर्न सफल भएको छ । देशको आर्थिक मन्दिले गर्दा व्यापार व्यवसाय फस्टाउन नसक्दा यसको असर राजश्व संकलनमा परेकोले गर्दा बार्षिक लक्ष्य हासिल गर्न केही कठिन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताए ।

कार्यालयले गत बर्ष २०८०÷०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको छ । साउन देखि असार मसान्तरसम्म गत चालु बर्षमा कार्यालयको राजश्व संकलनको लक्ष्य ६ अर्ब ३९ करोड ४७ रहेका थियो ।

कार्यालयको अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएको प्रमुख कर अधिकृत शर्माले पोखराक्लिकलाई जनाए । आर्थिक वर्ष २०७९÷०८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व संकलन भएको उनको दाबी छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०÷०८१ मा आयकरतर्फ कूल ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि कर तर्फ १ अर्ब ७३ करोड ३६ लाख र अन्तः शुल्क तर्फ १६ करोड ६७ लाख राजस्व संकलन गरेको छ । कार्यालयले घर वहालकर तफ गत बर्षमा ६ करोड ४१ लख ४४ हजार राजश्व संकलन गरेको छ । व्याजकर तर्फ भने कार्यालयले ३० करोड ५७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।

आयकर तर्फ कार्यालयले बार्षिक लक्ष्यको ९२ प्रतिशत, घर वहालकर तर्फ ७९ प्रतिशत, व्याजकर तर्फ ५८ प्रतिशत, आयकरतर्फ जम्मा ८८ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ ८७ प्रतिशत, अन्तः शुल्क तर्फ ७५ प्रतिशत प्रगती हासिल गरेको छ ।

यस कार्यालयको कार्यक्षेत्र कास्की जिल्लाको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुछ«्रे गाउँपालिका, रुपा गाँउपालिका र मादी गाउँपालिका रहेका छन् ।

त्यसै गरी स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपाालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, फेदीखोला गाउँपालिका, आँधिखोला गाउँपालिका, विरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिका रहेको छ ।