पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको उपचार गर्ने वेड अभाव : भुईँ तथा कुर्सीमा उपचार हुँदै

-


     पोखरा क्लिक     
     श्रावण १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १, साउन,

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा वेड अभाव हुँदा भुईँ तथा कुर्सीमै बिरामीको उपचार गर्न बाध्य हुुनु परेको छ । पोखरा-१९, पुरुन्चौरका कृष्णप्रसाद पौडेलले आफ्ना बाबुको उचार गर्न अस्पतालमा आए पनि वेड अभावनमा कुर्सीमा राखेरै उपचार गर्नु भएको थियो ।

प्रदेशकै ठुलो अस्पताल भनेर पहिचान बनाएको उक्त अस्पतालमा इमर्जेन्सि वार्डका बिरामीहरुको लागि वेड अभाव हुनुले आफुहरुलाई निकै दःुख लागेको उहाँले पोखराक्लिकलाई बताउनु भयो । बाबुको पेटमा समस्या भए पछि पौडेलले बाबुको उपचार गर्न अस्पताल पुग्नु भएको थियो । उहाँ जस्ता अन्य बिरामीहरुले पनि केहीले कुर्सीमा त केहीले भुईमा समेत बसेर सलानी पानी चढाउदै उपचार गर्न बाध्य हुनु भएको छ ।

गण्डकी प्रदेशकै ठूलो सामुदायिक अस्पतालाको रुपमा स्थापित भएको उक्त अस्पतालमा इमर्जेन्सि, आईसियू र मेडिकल वार्डमा कम वेड हँुदा कहिले काँहि बिरामीको चाप बढ्दा कुर्सी मात्र नभई भुईमा समेत उपचार गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानका निर्देशक डा.भरत बहादुर खत्रीले बताउनु भयो । अस्पतालमा हाल इमर्जेन्सिमा २९ वेड, आईयिू(सघन उपचार कक्ष) मा ५० र मेडिकल वार्डमा भने ३० वटा मात्र बेड भएको अस्पताल श्रोतले जनाएको छ । अस्पतालले हाल इमर्जेन्सिमा ५० बेड, ६० बेडको मेडिकल वार्ड, आईसियूमा १५ वेड थप्ने प्रकृयामा धेरै काम सम्पन्न भएकोले अब रेक्टोफिटको काम बाँकी रहेको अस्पतालका निर्देशक डा.खत्रीले जनाउनु भयो । वेलायती राजदुतको सहयोगमा रेक्टोफिट गर्ने पूर्व सहमति अनुसार आफनो मापण्ड अनुसारको काम गर्न नसकेको भन्दै उसले हाल झिकेकोले गर्दा केही समस्या भएको अस्पताल श्रोतले जनाएको छ । संघिय आयोजना कार्वान्वय ईकाईका प्रमुख सरोज पौडेलले उक्त भवनहरुको रेक्टोििफट गर्ने जिम्मा लिएको निकायले हाल झिके पछि हाल त्यसको श्रोत व्यबस्थापन हुन नसक्दा समस्या भएको बताउनु भयो ।

अस्पतालको इमर्जेन्सि वार्ड भने डा.नरेन्द्र ठकुरीको इन्चार्जमा संचालन हुदै आएको छ । अस्पतालमा वेड र जनशक्ति अभावका बाबजुत पनि ठकुरी नेतृत्वको टिमले अस्पताल भित्रको उपचार गर्ने स्थलमा भने पहिलाको तुलनामा सरसफाई देखि अन्य सेवामा चुस्त पारेको देखिन्छ । हाल इमर्जेन्सिमा ज्वरो आएका बिरामी देखि केही डेंगुका बिरामीहरु समेत आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा दैनिक जसो १ हजार ५ सय जना बिरामीहरु आउने गरेको निर्देशक डा. खत्रीले उल्लेख गर्नु भयो । अस्पतालमा हाल १ सय जना चिकित्सक सहित ७ सय जना कर्मचारी रहनु भएको छ । मौसम परिवर्तन हुदा र कुनै रोगहरुको प्रकोप बढ्दा त अस्पतालमा अत्याधिक भिडभाड हुदा भुईमा समेत बस्ने ठाँउको समेत अभाव हुने गरेको अश्रपताल श्रोतले जनाएको छ । यसको उचित व्यबस्थापनको लागि सरकारले बिषेश ध्यान दिनुपर्ने स्थानियको जोडदार माग रहेको छ ।