पोखराको तल्लो पार्दी विरौटामा चोरी

-


     पोखरा क्लिक     
     श्रावण १ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १, साउन,

पोखराको तल्लो पार्दी विरौटामा चोरी भएको छ । स्थानिय सितादेवि अर्यालको घरमा उहाँको सुनचाँदीका गरगहना सहित डेरामा बस्ने सपना सुवेदीको समेत कोठाबाट समान चोरी भएको छ ।

पुरानो घर स्याङजा भएकोले आफ्नो जन्म घरमा असार देखि गएको अबस्थामा अज्ञात समुहले आफ्नो सहित भाडामा बस्ने सुवेदीको समेत सुनचाँदी सहितका महत्पूर्ण गरगहना चोरी गरेको अर्यालले गुनासो गर्नु भयो । चोरहरुको समुहले च्यानल गेटको ताला फोरेर आफ्नो सहित भाडामा बस्ने सुवेदीको कोठमा लागेको ताला फोरेर कोठा भित्र भएका सुनचाँदीका गरगहना चोरी भएकोले खोजि गर्न आर्यालले आग्रह गर्नु भएको हो । आफ्ना छोराहरुले विदेशमा ४० डिग्रिको तापक्रममा दुःखले कमाएको सम्पत्ति आज चोरी हँुदा आफुलाई निकै दुःख लागेकोले चोरी गर्नेहरुलाई तत्काल पक्राउ गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

सुनको सिक्री ४ थाना जम्मा १३० ग्राम, औठी ४ थान जम्मा ३२ ग्राम, माईकी तलहरी २ स्थान, लकेट भएको माला र मुन्द्रा १ थान, गणेश मुर्ति भएको लकेट आधा तोला ३ थान घडी चोरी भएको अर्यालले दाबी गर्नु भएको छ । आफ्नो घरबाट करिब २५ लाख भन्दा बढीको सामान चोरी भएको उहाँले दाबी गर्नु भएको छ । घर भेटि र भाडामा बस्ने कोही पनि भएको अबस्थामा चोरी भएको हो ।

त्यस्तै सुवेदीले आफ्नो कोठाबाट २ वटा घडी, चाँदीको पाउजु एक जोर, नगद ३ हजार र लेदरको व्याग एक थान सहित करिब एक लाख मुल्य बराबरको चोरी भएको दाबी गर्नु भयो । तल्लो पार्दी विरौटा टोल विकास संस्थका अध्यक्ष पशुराम कुवंरले आफ्नो क्षेत्रमा चोरको विगविगी हुन थालेको पोखराक्लिकलाई बताउनु भयो । आफने टोलमा करिब डेढ महिना अघि ४ तोला बराबरको सुनको गरगहना चोरी भएको उहाँले दाबी गर्नु भयो ।