अल्फाबोर्डिङ स्कुलमा लिटरेचर फेस्टिभल

-


     पोखरा क्लिक     
     असार २ गते २०८१ मा प्रकाशित



पोखरा( १६,लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले शुक्रबार आफ्नै विद्यालय प्राङ्गणमा लिटरेचर फेस्टिभल सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विभिन्न सर्जकहरुको उपस्थिति रहेको थियो । साहित्यकार तथा लेखक‘भूपिन’ साहित्य क्षेत्रकै अर्को नक्षत्र गणेश पौडेल, संस्कृतिकर्मी सुनिलउलक, लेखकतिर्थ गुरुङतथा साहित्य अनुरागी त्रिवेणीको अन्तरक्रियात्मक प्रस्तुति रहेको थियो ।

विद्यार्थीहरुलाई सांस्कृतिकतथा साहित्यिक महत्त्वका विषयमा उत्प्रेरित गर्दै शैक्षिक क्रियाकलापमा अग्रसर तुल्याउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले साहित्यकर्मीहरुसँग सक्रिय रुपमा अन्तरक्रिया तथा भलाकुसारी गर्ने अवसर पाएका थिए । सोही अवसरमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो भने विद्यालयको तर्फबाट साहित्यिक पुस्तकहरु प्रर्दशन गरिएको थियो ।


विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले आफू स्वयम् अन्तरक्रियामा जुट्दै यस्ता कार्यक्रमहरु विद्यालयको वार्षिक कार्यक्रममाप्रत्येक वर्ष समावेश गरिने कुरा उक्तकार्यक्रममा जानकारी गराए । विद्यालयकी शिक्षिका भारती गौतमले सञ्चालन गरेको उक्तकार्यक्रममा विद्यालयका निर्देशक दिपक गुरुङले सबै विद्यार्थीहरुलाई कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई हौसला प्रदान दिएका थिए ।