गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको देवकोटाको सांसद पदबाट मुक्त, अदालत जाने देवकोटाको तयारी

-


     पोखरा क्लिक     
     जेठ ३२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३२, जेठ,

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको फडिन्द्र देवकोटाको सांसद पदबाट मुक्त हुनु भएको छ । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै देवकोटाको पद मुक्त भएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठकमा सूचना सूनाउनु भयो ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७ अनुसार प्रदेश सभामा जानकारी गराउनु भएको हो ।

यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी व्यबस्था रहेको छ ।

सभामुखले उक्त सूचना सुनाएसँगै उहाँकोे मन्त्री पद मुक्त हुनु भएको छ । तर उहाँलाई ६ महिनाका लागि मन्त्रीमा नियुक्त गर्न सकिने व्यबस्था रहेको छ ।

माओवादी पार्टी र प्रदेश सभाका सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बताउनु भएको छ । चुनावका वेला आफुहरुले गठबन्ध गरेकोले गर्दा चुनाब चिन्हः माओवादीको लिए पनि आफु भने नेपाल समाजवादी पार्टीको नेता भएको दाबी गर्नु भएको छ । माओवादीको यो निर्णय असंवैधानिक रहेको उहाँको ठहर रहेको छ । प्रदेश सभामा उहाँ माओवादी सांसदकै रुपमा रहनु भएको थियो ।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उहाँले फ्लोर क्रस गर्दा पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा प्रदेशको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्री बन्नु भएको थियो ।