
पोखरा २९ जेठ,
यू–१५विद्यालय खेलकुदप्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनमा ३१ गतेसम्म संचालनहुने प्रतियोगितको औपचारिक उद्घाटनभने बुधबार हुनेछ ।
प्रतियोगिताअन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सातप्रदेशका७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिवश्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगिताअन्र्तगतसामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थितव्याडमिन्टनहलमा सुरु भएको हो ।व्याडमिन्टनमाछात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समाप्रतिस्पर्धा हुने कास्कीजिल्लाव्याडमिन्टन संघकाअध्यक्षशुसिलश्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाटछात्रचार र छात्राचार आठजनाका दरले ५६ जनाले प्रतिस्पर्धा गदैछन् ।
व्याडमिन्टनकोपहिलो दिनको खेल सकिदापहिलो चरणका ५८ बटा खेलहरु सम्पन्नभएकाछन् । बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए ।यसै गरि दोस्रो दिनबुधबार ३७ र तेस्रो दिननौ गरि कुल एक सय पाँचबटा खेलहरु हुनेछन् ।
प्रतियोगिताअन्र्तगतबुधबार छात्र÷छात्रा सिंगल्स सगै मिक्स डबल्सतर्फका सेमिफाईनलका खेलहरु सगै अन्यविधाकाक्वाटरफाईनलका खेलहरु हुनेछन् ।



