पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी, छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २८, जेठ,


पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

त्यसै गरी सोमबार सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा पोखरा २४ को शान्ता माविले पोखराको सृजना माविलाई पराजित गर्दै प्रथम भएको छ । सोमबार भएको छात्रा तर्फको बास्केटवल प्रतियोगितामा मर्दी ए को समुहले उपाधि जितेको छ । फाइनल खेलमा मर्दी एले मर्दी बिको समुह पोखरालाई ० (शुन्य) का बिरुद्ध ११ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।
त्यसै गरी छात्र तर्फको बास्केटवल प्रतियोगितामा मनकामना बोर्डिङ स्कुलले पोखरा १२ को जे.पि.टि.को समुहलाई २१ का बिरुद्ध ५१ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

त्यस्तै सोमबार भएको छात्र फुटवल खेलमा स्नोभ्यु पोखराले रानिपौवा फुटवल क्लवलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । अर्काे क्याटरफाइनल खेलमा एल.पी. देवकोटा स्कुलले पोखरा यूनाइटेड एकेडेमीलाई सडेन डेथमा पराजित गरेको हो । दुबै खेलमा निर्धारित समयमा गोल हुन सकेन ।

बिद्यार्थीहरुको शिक्षासंगै खेलकुदको विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारीले बताउनु भयो । शनिबार देखि सुरु भएको उक्त प्रतियोगिता ४ दिनसम्म संचालन हुने भएको बिद्यालयका प्रिन्सिपल बयान बहादुर गोदारले उल्लेख गर्नु भयो । मंगलबार केही खेलकुद प्रतियागिता, हाजिरी जवाफ प्रतियोगिता सहित प्रतियोगिता सम्पन्न हुने भएको बिद्यालयका शिक्षक फणिन्द्रराज पौडेलले बताउनु भयो ।