स्याङ्जा गण्डकी प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८१ मा प्रकाशित


तनहुँको भिमादमाशनिबार सम्पन्नभएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियनभएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियनभएको स्याङ्जा यो पटक पनि१० स्वर्ण, ३ रजत र १० काश्यसहितशिर्षस्थानमा रहँदै च्याम्पियनहुन सफलभएको होे ।

यस्तै प्रतियोगितामाकास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्यपदकसहित तेस्रो हुन सफलभएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपालबुढामगर र महिलातर्फ सुस्मिताथापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदकप्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामाहिजो देखि सुरु भएको प्रतियोगिताको आज समापनगर्दै भिमादनगरपालिकाकानगरप्रमुखददिराम सुवेदीले भिमादमाप्रदेश स्तरिय प्रतियोगिताले यस स्थानको प्रर्वद्धनमा टेवापुगेको जनाउदै आउदो नयाँआर्थिक बर्ष खेल र खेलकुदको विकासकालागि बजेट विनियोजित गर्ने प्रतिवद्धता जनाए । सोहीअवसरमा नेपालआईटिएफ तेक्वान्दोका केन्द्रियमहासचिव घम बहादुर थापाले पछिल्लो समय खेलकुदव्यक्ति,समाजहुदै राज्यलाई नै रुपान्तरण गर्ने सम्पत्तिको रुपमा ग्रहण गरिएको बताउदै यस क्षेत्रको थपविकासकालागि राज्य स्तरबाटै नीतिगततथादिगो विकासकालागिपहलहुन जरुरी रहेको बताए ।

प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी कुल १ सय ४४ पदककालागि पुरुषतर्फ स्पाईरिङतर्फ २० देखि ८५ केजीतौल समूह र महिलातर्फ २० देखि ६५ केजी समूहमाप्रतिस्पर्धा भएको थियो । यस्तै प्रतियोगितामामहिलातथापुरुष प्याट्रन तर्फ हरियो, निलो र रातो कलर वेल्ट तथाप्रथम, द्धितीय र तृतीय डान समूहमाप्रतिस्पर्धा भएको थियो ।

नेपालआईटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्षतथातनहुँजिल्लाअध्यक्षआकासचन्द्र घर्तीमगरको अध्यक्षतामाभएको कार्यक्रमको सन्चालन सचिवप्रतिक घर्तीमगरले गरेका थिए ।