अस्पतालहरुको नियमन गर्न सुझाव

-


     पोखरा क्लिक     
     जेठ २६ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २६, जेठ,

अस्पतालहरुको प्रभावकारी ढंगबाट नियमन तथा अनुगमन गर्न सुझाव दिइएको छ । नेपाल चिकित्सक संघले शनिबार बेलुका पोखरामा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन ऐन, २०७९ को बारेमा जानकारी सहितको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अत्यावसेक क्षेत्रमा पर्ने केही अस्पतालहरुले मापदण्ड भित्र नभएकोले त्यसको व्यबस्थापनको लागि निमयन र अनुगमन गर्न माग गर्नु भएको थियो ।

आम सर्वसाधारण जनताको सचेतनाको कमीले गर्दा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको बारेमा जानकारी नभएको हुदाँ पनि कहिले काहि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि तोडफोड एवं आक्रमण हुने गरेको सभागिहरुको भनाई थियो । भगवानी रुप मानिने स्वास्थ्यकर्मीले पनि सेवालाई पहिलो प्रथामिकता राखेर समर्पित हुन आग्रह गरिएको छ ।

यस्तो कार्यक्रमलाई गाँउ गाँउसम्म लैजानु पर्ने संघ गण्डकीका कार्यवाहक अध्यक्ष डा.सुनिल पनेरुले बताउनु भयो ।

संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बद्री रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघ कास्कीका सल्लाहकार डा. प्रदिप घिमिरे, पूर्व अध्यक्ष डा. गिरीधारा शर्मा, सरकारी ओकिल कार्यालय कास्कीका सहायक जिल्ला न्यायधिव्यक्ता महेन्द्र प्रसाद अधिकारी, डा. राजन शर्मा संघ गण्डकीका सचिव डा. संजिव तिवारी लगायतले स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गर्नू भएको थियो ।
प्रारम्भ देखि नै नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ती सुरक्षा कायम राख्नका लागि अनेकौं प्रयासहरु जारी राखिएको भन्दै संघले त्यसैको फल स्वरूप ऐन आएको जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन एन २०७९ चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरूको पूर्ण सुरक्षाको लागि कोशेढुङगा सावित हुने महासचिव बद्री रिजालले बताउनु भयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि हुने कुटपिट र तोडफोड गर्ने उपर ३ लाख र ३ बर्षसम्मको कैद वा दुबै हुन सक्ने संघले जनाएको छ ।