नेपालद्धारा नेदरल्याण्डलाई १ सय ७ रनको लक्ष्य

-


     पोखरा क्लिक     
     जेठ २२ गते २०८१ मा प्रकाशित


आइसीसी टि —२० विश्वकप २०२४ अन्र्तगत आएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो लक्ष्य दिएको छ । आफ्नो पहिलो खेलमा नेपालले नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलेको हो । एसोसिएट क्रिकेटकै बलियो मानिएकाृे नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ खराब प्रर्दशन भएको थियो ।

नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्का प्रहार गरी १७ रन जोडे । नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिएका थिए ।

नेपालले विश्व कपमा खेलेकोले स्वदेश तथा विदेशका धेरै शहरहरुमा ठुलो स्क्रिनमा सामुहिक रुपमा उक्त क्रिकेट खेल अवलोकन गराइएको छ । पोखराको पृथ्बीचोक क्षेत्रमा पनि यस्तै गरी ठुलो स्क्रिनमा उक्त खेल अवलोकन गराइएको थियो ा