दीननाथ बराल,
चार्टर्ड एकाउण्टेण्टहरुलाई पोखरामा बजेट सम्बन्धि प्रशिक्षण गराइएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ कास्कीले हालै पोखरामा ’बजेट २०८१÷०८२ मा कर प्रक्रिया र अन्तरक्रिया कार्यक्रम बारे प्रशिक्षण’ आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा सहभागिहरुले बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसंग सहकार्य गरी गर्न सुझाव दिनु भएको छ । संघिय सरकारले हालै ल्याउको बजेट कार्यान्वयन गर्दा निजी क्षेत्रसंगको सहकार्य र समन्वय गर्न सुझाव दिनु भएको हो । अघिल्लो बर्षको तुलानमा एक खर्ब १५ अर्ब जसो बढी बजेट आए पनि केही व्यवसायी र रोजगारी मुखी बजेट भएकोले त्यसको कार्यान्वय गर्दा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य भएको व्यवसायीहरुको भनाई थियो ।
आर्थिक बर्ष २०८१÷०८२ को हालै सार्वजनिक भएको बजेटमा कर प्रक्रिया र अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला सचिव पुरुषोत्तम शर्माले प्रदेशको असार १ गते आउने बजेटमा निजी क्षेत्रमैत्री बजेट ल्याउने बताउनु भयो । संघिय सरकारले ल्याएको बजेटको आधारमा अब प्रदेशमा कार्यान्वयन गर्न सक्ने गरी आफुहरुले बजेट ल्याउने उहाँले जनाउनु भयो । प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न नसक्दा प्रशासनिक खर्च धान्न र पुंजिगत खर्च बढाउन कठिन हुने गरेको सचिव शर्माको भनाई थियो ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले यस बर्षको बजेटले आयकर तथा मुल्यअभिबृद्धि करमा केही छुट प्याकेज ल्याएको बताउनु भयो । कार्यालयले अब छिट्टै कर शिक्षा कार्यक्रम आयोजना गर्ने तयारी गरेको उहाँले जनाउनु भयो ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतीले देशमा आर्थिक मन्दिरले व्यवसाय प्रभावित भएको अबस्थामा बजेटले व्यवसायहरुलाई प्रबद्र्धन हुने गरी स्पष्ट निती नआएको गुनासो गर्नु भयो । युवा परिचालन तथा युवा स्वरोजगार जस्ता कार्यक्रममा एक अर्बको बजेट विनियोजन भएकोले त्यसको कार्यान्वयको लागि व्यवासीहरुसंग बुंदागत रुपमा छलफल गर्नु पर्ने उहाँको भनाई छ ।
उक्त कार्यक्रममा करिब १ सय २० जना चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको प्रदेश संघ गण्डकीका प्रमुख अनिल लामिछानेले बताउनु भयो । संघ कास्कीका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संघ गण्डकीका संयोजक लक्ष्मण अधिकारी, संघ कास्कीका सचिव सागर आचार्य लगायतले वोल्नु भएको थियो । कार्यक्रममा सीए शेषमणि दाहालले सहजीकरण गर्नु भएको छ ।