अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८१ मा प्रकाशित


२१ जेठ, अन्नपूर्ण

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजनमाकार्यरत पत्रकार रविचन्द्र पराजुलीलाई प्रदानगरिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ पत्रकार पराजुलीलाई सम्मानगरिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो तेस्रो पुरस्कार हो । उनलाई समितिद्वारा आयोजित अन्नपूर्ण म्याराथन–२०८१ को समापन समारोहमा कार्यक्रमका प्रमुखअतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा. टकराज गुरूङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिकाअध्यक्ष ललित गुरूङले पराजुलीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरिदै आएको छ । नेपालपत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमापत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका अध्यक्ष ललित गुरुङ र महासचिवदिलीपपौडेल सदस्य रहेका थिए ।
प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आमसञ्चारकर्मीको हौसलाथपेको बताउँदै पुरस्कृत प्रतिभाको थपहौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

महोत्सवप्रचार संयोजकएवं प्रतिभा छनौट समितिका सदस्य टंकराजअधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव र कृतित्वको बारे गरे । पुरस्कृत प्रतिभा रविचन्द्र पराजुलीले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावीदिनमाअझ बढी समाचार लेख्न प्ररेणा मिल्ने बताए । पत्रकार पराजुली विगत२९ वर्षदेखि सुरूमापोखरा र हाल काठमांडौलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् ।