पोखराका असल स्वास्थ्यकर्मी एवं फेवासिटि अस्पतालका संस्थापक गुरुङको निधन

-


     पोखरा क्लिक     
     जेठ ९ गते २०८१ मा प्रकाशित


पोखराको फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको निधन भएको छ । उपचारकै क्रममा उहाँको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्रमुख भएर करिब ३ दशक काम गर्नु भएका गुरुङको मृगौला फेल भएर केही समय अघि प्रत्यारोपण गरिएको थियो । २०१६ सालमा गुल्मीको गैढुंगामा जन्मनु भएको गुरुङ हाल पोखरा १० रामघाटमा बस्दै आउनु भएको थियो । उहाँकाा श्रीमती ईन्द्रा, तीन छोरी सूचीमा, सूवीचा र अवित्रीदेवी गुरुङ रहनु भएको छ ।

गुरुङको शव शुक्रबार मात्रै पोखरा ल्याइने पारिवारिक स्रोतले उल्लेख गरेको छ । त्यसपछि अन्तिम दाहसंस्कार गरिने भएको हो । उहाँको निधन भएको घटना प्रति सामाजिक संजालमा उहाँको धेरैले स्मरण गर्नु भएको छ । उनको निधनपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत शुभचिन्तक एवं आफन्तले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।