सर्बसाधरण नागरिक तथा पर्यटकहरुलाई दुःख तथा हैरानी दिने ७ जना पोखरामा पक्राउ

-


     पोखरा क्लिक     
     जेठ ७ गते २०८१ मा प्रकाशित



पोखरामा केही युवाहरुले पर्यटक तथा सर्वसाधारणलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिदै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न भएका ७ जना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा म.न.पा. वडा नं.४ बस्ने वर्ष ३८ को यम बहादुर बि.क.,पोखरा वडा नं ९ बस्ने वर्ष २८ को सागर क्षेत्री, पोखरा ९ का वर्ष २९ काा बिक्रम सुनार, पोखरा ९ कै वर्ष २४ का अर्जुन सेन्चिरी,पोखरा ९ कै वर्ष २० का लक्ष्मण सिंह,पोखरां ७ बस्ने वर्ष २२ को बिकाश श्रेष्ठ र पोखरा २६ का वर्ष २८ को साजन परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी बसन्त कुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो ।