वडा नं १० मा रेडक्रस को बिपत तालिम

-


     पोखरा क्लिक     
     जेठ ७ गते २०८१ मा प्रकाशित


  नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा वडा भित्र रहेका टोल विकास सस्था, आमा समुह र अन्य संघसंस्थाको उल्लेखनीय उपस्थिति मा उपशाखा १० को सभाहलमा आकस्मिक भैपरी आउने बिपत ब्यबस्थापन सम्बन्धि एकदिने तालिम हालै सम्पन्न गरेको छ ।

   उक्त तालिम वडा नं १० र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की बिपत ब्यबस्थापन समितिको बिषेश सहयोगमा संचालित १ दिने बिपत ब्यबस्थापन तालिममा वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ्ग (राजु सर) को प्रमुख अतिथिमा ब्यानर मा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गर्नुहुदै रेडक्रस जस्तो पवित्र र मानबिय सेवामा सधै खटिने यस वडा संगै रहेको उपशाखाले वडा भित्र रहेका टोल टोल र घर घरमा पर्न सक्ने बिपत सम्बन्धित तालिमको आयोजना गरेर घर घरमा हुनसक्ने बिपत न्यूनिकरण गर्न मद्दत गर्ने कार्यक्रम गरेको बताउनु हुदै कार्यक्रम को सफलताको शुभकामना दिदुहुदै आफु र वडानं १० यस्ता कार्यक्रमको सधै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

   उक्त तालिममा वडा नं १० का वडा सदस्य परमेश्‍वर कार्की, वडा सदस्य पुर्णचन्द न्यौपाने को उपस्थित रहेको उक्त १ दिने आकस्मिक बिपत ब्यबस्थापन तालिममा वडा भित्र रहेका आमा समूह, टोल विकास सस्था लगायत ७५ जानको उपस्थितमा संचालन गरिएको तालिममा नेपाल रेडक्रस सोसाइटी कास्की  शाखाका बिपत ब्यबस्थापन उप समिति का प्रशिक्षक ई. सागर गौतम, दिपक नाथ पौडेल र सुनिता भण्डारीले सबैलाई सहज बुझ्ने भाषामा प्रशिक्षण दिनुहुदै बिपत भनेको बोलाएछ ए आईजा भनेर आउने बस्तु सामान नभई अचानक आकस्मिक आउने हुनाले त्यसमा बिपत हुनु भन्दा पहिलेनै अपनाउनु पर्ने सहजकताका बारेमा  बताउनु हुदै जस्तै गाडी चलाउने चालक, नया घर बनाउदा अपनाउनु पर्ने सावधान, पैदल यात्रुले बाटो  काट्दा अपनाउनुपर्ने र आ आफ्नो स्वास्थ्य सम्बन्धि पुर्ब नै सहजकता हुनु जस्ता बिपत का बिषयमा प्रशिक्षण दिनु भए को कार्यक्रममा जिल्ला रेडक्रस कास्कीका बिपत ब्यबस्थापन समितिका प्रशिक्षक शान्ति पौडेल ले हरेकको घर घरको  भित्र हुन सक्ने आगलागीका बारेमा जानकारी गराउनु हुदै आगलागी भएमा अपनाउनु पर्ने बिषयमा सबैले बुझ्ने तरिकाबाट प्रशिक्षण दिनुभएको थियो ।

   उक्त प्रशिक्षण कार्यक्रम मा दिपक नाथ पौडेल ले आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रम मा उपशाखा १० का उप सभापति पबित्रा देबी गुरुङ्गले उपस्थित सबैलाई स्वागत गर्नु भएको कार्यक्रममा उपशाखा का सदस्य निर्मला श्रेष्ठले रेडक्रसका सात सिद्धान्त बाचन गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापति जीवन श्रेष्ठ को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम को सचिव बिन प्रसाद गुरुङ्गले संचालन गर्नुभएको थियो ।