
दीननाथ बराल,
पोखरा २१, वैशाख,
सि.जि.मोटर्सको नयाँ शोरुम पोखरामा सुरु भएको छ । सि.जि. मोटर्सको गण्डकी क्षेत्रको आधिकारीक बिक्रेता टि.टि.ग्लोबलको इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४, १६ र १९ सिटर किलोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले उक्त सोरुम पोखरामा सुरु गरेको हो ।

यातायात व्यबस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजाल, सिजि मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त सोरुमको उद्घाटन गर्नु भएको छ । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेशन पनि सन्चालनमा आएको कम्पनीले जनाएको छ ।

सिजि मोटर्सले पोखराका लागि टि टि ग्लोबल लाई अधिकारिक डिलरर्सिप दिदै पोखरामा सरल रुपमा इभि गाडीहरुको बिक्री बितरण गर्न सुरु गरेको हो । सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको टिटि ग्लोबलका संञ्चालक प्रमेश पराजुलीको भनाई छ । हाल पहिलो चरणमा ८ वडा मोडलका गाडी भित्राएको टि.टि. मोटर्सले ३९ लाख देखि ७८ लाख मुल्यका गाडीहरु ल्याएको कम्पनीले जनाएको छ । उक्त गाडीहरु वातावरण मैत्रि र दैनिक पेट्रोलीयम पदार्थमा हुने खर्च समेत बचाउन पनि यस गाडीको माग अध्याधिक रहेको टिटि ग्लोबलका अर्को संञ्चालक डिल्लीराज सुवेदीले बताउनु भयो । टिटि ग्लोबल को उक्त सोरुम तथा सर्भिस सेन्टर नयाँबजारमा रहेको छ ।

१७० मि मि को ग्राउन्ड किलिरेनश भएको नेटा भि मा ८ बर्ष अथवा १ लाख ५० हजार कि मि को वारेण्टी रहेको छ । साथै नेपालको सर्वाधिक बिक्रीहुने हे भि भ्यान सिजि केवाइसी तथा किलोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । नेपालभर १२० भन्दा धेरै स्थानहरुमा चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरिएको छ ।




