फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

-


     पोखरा क्लिक     
     वैशाख १७ गते २०८१ मा प्रकाशित


पोखराको फेवातालमा सशस्त्र प्रहरी बलको एक टोलीले उद्धार अभ्यास गरेको छ । पोखरा वैदामको कोमागाने पार्क नजिक फेवातालमा सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटर्स् का रुपमा रहेको मुक्तिनाथ बाहिनीले आज बिहान ०८स्३० बजे देखि १०स्०० बजे सम्म गण्डकी प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास भब्य रुपमा आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं। ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजि कालीदास धौवजीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निजामति प्रशासनका उच्चपदस्थ अधिकारीहरुका साथै नेपाल रेडक्रस सोसाईटी, पोखरा पर्यटन परिषद्, होटल एसोसेसन, रेष्टुरेन्ट एसोसेसन, ट्रेकिङ्ग एसोसेसन, डुङ्गा व्यवसाय समितिका अध्यक्ष एवं पदाधिकारीहरु लगायत स्थानिय भद्रभलाद्मी, पर्यटक तथा मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। बाहिनीपति धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकारहरु थप जिम्मेवारीका साथ कटिवद्ध हुनु पर्ने औंल्याउनु भयो भने कालिका गणका गणपति एसपि अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौज प्रति सर्वसाधरण जनताहरुको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकहरुमा समेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए ।