पोखरामा भएको खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपालका खेलाडीको वर्चश्व कायम गर्नु भएको छ । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा पर्यटनको राजधानि तथा खेलकुदको शहर पोखरामा खुल्ला दुआथलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुकै वर्चश्व कायम गर्नु भएको हो ।
पोखरामा आइतबार सम्पन्न भएको खुल्ला दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिला तर्फ मञ्जुकुमारी खड्काले उपाधि जित्नु भएको छ । पोखराको लेकसाइडमा भएको साढे सात किमी सडक दौड र २० किमी साइक्लिङको निर्धारित दूरी उपाधि विजेता टमटाले ५१ मिनेट २४ सेकेण्डमा पूरा गर्दै उपाधि जित्न सफल हुनु भएको हो ।
नेपालकै नवराज न्यौपाने दोश्रो हुनु भयो । उहाँले उक्त दुरी १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्नु भएको हो ।
लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो हुनु भएको हो । विजेता खेलाडीहरुले मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तर्गतको ‘ओपन दुआथलन’को पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाली खेलाडी च्याम्पियन हुन सफल हुनु भएको हो ।
यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता मञ्जुकुमारी खड्काले निर्धारित दूरी १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । पुष्पा रोकायले १ घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेर द्धितीय बन्दा प्रमिला धमलाले १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पूरा गरी तेश्रो हुनु भएको हो ।
यसअघि प्रतियोगिताको शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिला तथ योजना मन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो । विजेता खेलाडीहरुलाई नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा,स्थानीय व्यवस्थापन समिति पोखराका संयोजक डिल्लीराज सुवेदी(शिशिर), टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका अध्यक्ष नरेस भट्टराई लगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पुुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपाल सहित भारत, बङ्गलादेश र जर्मनीका गरी नौ खेलाडीले प्रतिस्पर्धा गर्नु भएको थियो भने महिलातर्फ तीन खेलाडी मात्र सहभागी हुनु भएको हो । महिला खुल्ला दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाई नै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।