भोलि (मङ्गलवार) सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।