
दीननाथ बराल
पोखरा ६, वैशाख
पोखराको राष्ट्र बैंकमा स्कारपियो र हाइस माईक्रो एक आपसमा ठोकिदा ८ जना चाइनिज पर्यटक घाइते हुनु भएको छ । विहिबार बिहान करिब ४ः४० बजे पोखरा ७ राष्ट्रबैंक चोकमा बा १ च ८५१ नं. को हाइस र विपरीत दिशातर्फ जाँदै गरेको बा १३ च ५१३७ नं.को स्कारपियो एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १४ जना यात्रु मध्य ८ जना चाइनिज पर्यटक घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ ।
घाईतेहरुको गण्डकी मेडिकल कलेजमा हाल उपचार भई रहेको छ भने अधिकांशको हात तथा खुट्टा र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले बताउनु भयो । उक्त हाईसमा ११ जना चाइनीज नागरीक सवार रहनु भएको थियो । पोखराको होटल ग्राण्डबाट सराङकोट तर्फ जादै गरेको हाइस र पोखरा लेकसाइडबाट राष्ट्रबैंक चोक तर्फ आउदै गरेको स्कारपियो राष्ट्रबैंक चोकमै ठोकिएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो ।
वडा प्रहरी कार्यालय बैदामको टोलीले गाडीका दुवै चालकहरु र सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । घाइते हुने चाइनिज पर्यंटकहरु मध्य ४० बर्षकी वाङ सियाओसिन, ६४ बर्षका वाङ युहु, ६१ बर्षका जुज्याओपिङ, ४० बर्षकी वोङजुआन, ५१ बर्षका चेन जियानपिङ, ६२ बर्षका शेन जियानपिङ, ५१ बर्षकी ह्यान युमेई र ६३ बर्षका झाङ चिमिंक रहनु भएको छ ।
घाइते पर्यटकहरु खतरा मुक्त भएको अस्पताल श्रोतले जनाएको छ । घाइतेहरुको कहाँ कहाँ चोट लागेको छ भन्ने बारे कास्की प्रहरीले दिएको जानकारी तल प्रस्तुतः गरिएको छ ।
निम्न घाइतेहरु :-
१) चाइनिज नागरिक बर्ष ४० की Wang Xiaocen दायाँ हातमा चोट,
अवस्था मध्यम रहेको ।
२) ऐ.ऐ. वर्ष ६४ को Wang Youhu ढाडमा चोक, अवस्था मध्यम ।
३) ऐ.ऐ. वर्ष ६१ को Xuxiaoping ढाड र मुखमा चोट, अवस्था मध्यम ।
४) ऐ.ऐ. वर्ष ४० की Wongjuan ढाडमा चोट, अवस्था मध्यम ।
५) ऐ.ऐ. वर्ष ५१ को Chen Jianping अवस्था मध्यम ।
६) ऐ.ऐ. वर्ष ६२ को Shen Jianping दुवै खुट्टामा चोट, अवस्था मध्यम ।
७) ऐ.ऐ. वर्ष ५१ की Hyan Yumei कम्मरमा चोट, अवस्था मध्यम ।
८) ऐ.ऐ. वर्ष ६३ को Zhang Chiminc दुबै घुडामा, अवस्था मध्यम ।