
पूर्व कर्मचारी सेवा परिषद कास्कीकोे अध्यक्षमा गिरधारी सुवेदी निर्वाचित हुनु भएको छ । परिषदको हालै सम्पन्न महाधिवेसनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

परिषदको उपाध्यक्षमा सूर्य बराल, सचिवमा राजु अधिकारी, कोषाध्यक्षमा प्रभा मिलन तिमिल्सिना रहनु भएको छ । पूर्व कर्मचारी सेवा परिषद कास्कीका अध्यक्ष नरहरी वरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित टोलीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरिएको थियो ।

यस अघि गण्डकी प्रदेशका सचिव तीर्थ भट्टराइले कार्यक्रमको उद्घाटन गर्दै परिषदले पूर्व कर्मचारीहरुको संगम स्थल भएकोले त्यसलाई थप प्रभावकारी र रचनात्मक बनाउनु सुझाव दिनु भयो । गण्डकी प्रदेशकै सचिव शम्भु रेग्मीले पूर्व कर्मचारीहरुसंग धेरै अनुभव भएकोले कर्मचारीहरुले उहाँहरुको ज्ञान सिपलाई पुस्ताहस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।
