
पोखरा २९, चैत
नेपालीहरुको नयाँ बर्षको पूर्व सन्ध्यामा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) पोखरा २२ वडा कमिटीले विहिबार पोखरामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । राजनीतिक आस्था विचार धारा र संगठन अलग अलग देश समाज ,विकास र निकासमा हामी युवा एक साथ“ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रमका बक्ताहरुले आफ्नो गाँउ ठाँउको विकासका मुद्धामा एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

विहिबार पुम्दी भुम्दी ठुलीबिडिमा आयोजना भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कास्की इन्चार्ज तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले गाँउको विकासमा सबै पार्टी सहित स्थानियहरु एक हुनु पर्नेमा जोड दिनु भयो । वाईसिएललाई समाजमा हुने विकृति विसङगति बिरुद्ध आफ्नो भूमिका प्रर्दशन गर्न निर्देशन दिर्दै उहाँले वडाको विकासमा सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो ।

योङ्ग कम्युनिस्ट लिग नेपाल पोखरा महानगरपालिका वडा नं २२ का अध्यक्ष सनत कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं युवा नेता प्रकाश बराल, जिल्ला समन्वय समितिका प्रमुख एवं नेकपा एमाले गण्डकी प्रदेश सदस्य लीलाधर पौडेल, पोखरा महानगर पालिका वडा नं २२ वडा वडा अध्यक्ष हिमलाल बराल, नेकपा एमाले–२२ का अध्यक्ष युबा नेता राजेन्द्र बराल, नेकपा एकिकृत समाजबादी पोखरा २२ का अध्यक्ष जगन्नाथ बाँतोला, नेपाली काँग्रेस पोखरा २२ वडाका उपसभापति खाडा नन्द बराल, शुक्रराज मा.वि. का प्राचार्य नरनाथ बराल, वाईसिएल वडा कमिटी सचिव लक्ष्मी पराजुली बराल, अनेरास्ववियु (क्रान्तिकारी) पोखरा २२ का अध्यक्ष तथा जनप्रिय बहुमुखी क्याम्पस इकाई कमिटीका सचिब सुदिप बराल लगायतले विकास निर्माणमा सबैका पार्टी एक हुन आग्रह गर्नु भएको थियो । मुस्लिम धर्मालम्वी को चाड इद को समेत उक्त अवसरमा शुभकामना व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा क्रियाशील पार्टिमा आबद्ध नेता कार्यकर्ता, टोल विकास संस्था का अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, आमा समूह का प्रतिनिधि, युवा क्लब का प्रतिनिधि , विभिन्न संस्था का प्रतिनिधि लगायतकाको सहभागिता रहेको वाईसिएल पोखरा २२ की सचिवालय सदस्य अमृता कुँवरले बताउनु भयो ।







