पत्रकार महासंघको महाधिवेशन समयमै सम्पन्न गर्न प्रेस सेन्टरको ध्यानाकर्षण

-


     पोखरा क्लिक     
     चैत्र २९ गते २०८० मा प्रकाशित



काठमाण्डौं २९, चैत,

प्रेस सेन्टर नेपालले तोकिएकै समयमा पत्रकार महासंघ नेपालको महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै महासंघको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालको गत आइतबार काठमाडौंमा सम्पन्न पदाधिकारी बैठकले विधान बमोजिम तोकिएकै समयमा पत्रकार महासंघको महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै ध्यानाकर्षण गराएको हो ।

साथै बैठकले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको विषयलाई पनि गत साधारणसभाको निर्णय बमोजिम नै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको संगठनका अध्यक्ष बिष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

संगठनको पदाधिकारी बैठकपछि जारी भएको परिपत्र कार्यान्वयन गर्न प्रदेश समिति र जिल्ला समितिलाई परिपत्र गरिएको संगठनका अध्यक्ष जुगलले जानकारी दिए । उनका अनुसार पदाधिकारी बैठकले महासंघको सदस्यता र अधिवेशनसम्वन्धी समस्यालाई सहमतिकै आधारमा हल गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।

बैठकले संगठनको नीति, नियम, विधि र विधान उलंघन गरी सार्वजनीक स्थलमा र सामाजिक सञ्जालमा लेख्ने, अभिव्यक्ति दिने र अनुशासन उलंघन गर्ने प्रेस सेन्टर नेपालका सचिव मिलन लिम्बु र केन्द्रीय सदस्य सन्तोष देउजालाई निस्कासन गरेको निर्णय अनुमोदन गरेको छ ।

यस्तै, संगठनको एशोसिएट प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका प्रेस सेन्टरका उपाध्यक्ष दयानिधि भट्टले जिम्मेवारी निर्वाह नगरेको भन्दै संगठनका उपाध्यक्ष दिपेन्द्र रावललाई एशोसिएट प्रदेश समन्वय केन्द्रको प्रमूख तथा प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।



This will close in 20 seconds