पोखरामा कपाल काट्ने निशुल्क तालिमको अवसर खुल्यो

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८० मा प्रकाशित


पोखरामा निशुल्क कपाल काट्ने तालिमको अवसर रहेको छ । स्वरोजगारीको लागी “सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मुल नाराका साथ रास्वपा केन्द्रिय सार्वजनिक मामिला बिभाग र हेलो एजुकेशन प्राली ले सम्युक्त रुपमा सिमित सिटमा कपाल काट्ने निस्शुल्क तालिमको ब्यवस्था गरेको छ ।

युवालाइ देशभित्र नै स्वरोजगार बनाउने र बैदेशिक रोजगारी कम होस भन्ने हेतुका साथ ३ महिने कपाल काट्ने तालिम पोखरामा संचालन गर्न लागिएको रास्वपा सार्वजनिक मामिला बिभागका सदस्य उत्तम पौडेलले बताए । छिमेक मुलुक भारतबाट आएर सोही पेशा गरेका लाखौ नागरिकले लाखौ रुपैया कमाएका छन भने नेपालीलाइ सिप सिकाएर स्वदेशमै रोजगारीको अवसर किन नखोज्ने पौडेलले बताए । उक्त तालिम वैशाख ५ गतेबाट सुरु हुने भएको छ ।