![](https://pokharaclick.com/wp-content/uploads/2024/04/1-24.jpg)
युवा तथा खेलकुद मन्त्री माननिय विराज भक्त श्रेष्ठले अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित दोश्रो भक्तपुर जिल्ला वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आज शुक्रबार एक कार्यक्रमविच उद्घाटन गरे । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, यु–१५ एकल र मास्टर्स ४५ युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सविन ढुङ्गेलले जानकारी गराए । प्रतियोगितामा भक्तपुर जिल्लाका २०२ खेलाडीहरुले विभिन्न ५ बिधामा प्रतिस्पर्धा गर्ने छन् ।
कुल पुरस्कार रासी २ लाख रहेको प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाणपत्रका साथै शिर्ष तीनमा स्थान बनाउने खेलाडीहरुले नगद २० हजार, १० हजार र ५÷५ हजार प्राप्त गर्नेछन् । आज पहिलो दिन भएको खेलमा पुरुष युगल तर्फ सूर्यविनायक वडा नं. ४ का पुरुषोत्तम पौडेल र अनिल सिवाकोटीको जोडी, मध्यपुर ४ का बि. श्रेष्ठ र यु. कृष्ण श्रेष्ठको जोडी, सूर्यविनायक ५ का डिल्ली राम घिमिरे र एस. ख्युजुको जोडी, सूर्यविनायक ३ का राजन ढुङ्गाना र मनोज लामिछानेको जोडी, मध्यपुर ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मध्यपुर १ का राजेश डङ्गोल र मुकुन्द गौतमको जोडी, सूर्यविनायक ८ का एस. ख्युवाजु र एस. सुवालको जोडी, मध्यपुर ७ का बिकास आचार्य र सन्तोष पराजुलीको जोडी, सूर्यविनायक ४ का हरि बिष्ट र सन्तोष महतको जोडी, ५ का राजकुमार निरौला र बिशाल श्रेष्ठको जोडी, मध्यपुर ३ का राजेन्द्र मगर र आशिष बिक्रम थापाको जोडी, सूर्यविनायक ५ का बि. बखुन्छे र एस. डुमरुको जोडी, ८ का कृष्णहरि सुवाल र माधव थापाको जोडी, ४ का आर. चौलागाई र डि. प्रसाद पाठकको जोडी आआफ्नो प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
यस्तै मास्टर्स ४५ बर्ष माथिको युगल तर्फ सूर्यविनायक ८ का डेन लामा र राकेश थापामगरको जोडी, ५ का दिनेश बासुन्छे र दीपक श्रेष्ठको जोडी, मध्यपुर ३ का गोपाल भट्टराई र भिम गिरीको जोडी, १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, सूर्यविनायक ४ का केशव कार्की र भजेश खड्काको जोडी, २ का राजन खड्का र पंकज शर्माको जोडी, मध्यपुर १ का एम.कवे र एस. बहादुर ठकुलाको जोडी, सूर्यविनायक ७ का आर. कुवेर र बि. बहादुर शाहीको जोडी तथा ६ का चित्र चौहान र अजय पराजुलीको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा माननिय दुर्लभ थापा, माननिय सन्तोष परियार, बागमती प्रदेश कृषी तथा पशुपंछी मन्त्री माननिय राजेन्द्र मान श्रेष्ठ, बागमती प्रदेश सदस्य माननिय सुरेश श्रेष्ठ र पूर्व अतिरिक्त महानिरीक्षक नहकुल थापाको उपस्थिती रहेको थियो । प्रतियोगिता चैत्र २६ गते सम्म संचालन हुनेछ ।