पोखरा ६ मा क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न

-


     पोखरा क्लिक     
     चैत्र २२ गते २०८० मा प्रकाशित



पोखरा चैत्र २२,


पोखरा महानगरपालिका वडा नम्वर ६ महिला संजाल को आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ६ को सहकार्यमा तालिम सम्पन्न भएको हो । समापन समारोहलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनुभयो ।

उहाँले वडावासीको सेवा सुविधाका लागि वडा कार्यालय सधै तत्पर रहेको बताउनुभयो । वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो भूमिका हुने भएकाले महिलाको क्षमता अभिवृद्धि हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाका लागि महिला, विकासका लागि महिला, समाजका लागि महिला भन्ने नारालाई आत्मसात गर्दै महिलाको अर्थपूर्ण सहभागीताका लागि आ आफ्नो तर्फबाट लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट धादिङ्ग त्रिपुरा बाराही महिला समुहका सचिव रचना अधिकारी, बङ्लादी आमा समुहका उपाध्यक्ष शशी कार्की, मितरी नारी समुहका सचिव सरिता भट्टराई, नवोदित महिला समुहका उपाध्यक्ष पार्वती सुनार लगायतले बोल्नुभएको थियो । कार्यक्रमका संयोजक तथा बैदाम महिला समुहका अध्यक्ष उमा काफ्लेले तालिम उपलब्धी मुलक भएको बताउनु भयो ।

स‌ंजालका अध्यक्ष वविता मल्लको अध्यक्षतामा भएको समापन कार्यक्रममा धन्यवाद सञ्जालका द्धितिय उपाध्यक्ष तथा सजिवनी आमा समुहका अध्यक्ष भगवती वाँनिया र संचालन सञ्जालका सचिव रेणु लामिछानेले गर्नुभएको थियो । ३ दिन सम्म संचालित तालिममा पोखरा वडा नम्वर ६ भित्रका विभिन्न आमा रमहिला समुहका ५४ जना महिला दिदि बहिनीको सहभागीता थियो । तालिमको सहजिकरण रेडियो सफलताका कार्यकारी निर्देशक दुर्गा अधिकारीले गर्नुभएको थियो ।



This will close in 20 seconds