पोखरामा अनौठो बस दुर्घटनाः ठुलो क्षती हुनबाट बच्यो

-


     पोखरा क्लिक     
     चैत्र १७ गते २०८० मा प्रकाशित



शनिबार पोखरामा अनौठो बस दुर्घटनामा परेको छ । सायद यो दुर्घटना हुदा पोखरामा मानविय क्षती हुनबाट भने बच्न सफल भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चलेमा शनिबार बिहान करिब १०ः०० बजे ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा बसका चालक तथा सहचालक सामान्य घाइते भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार पछि आज नै उनीहरु डिष्चार्ज भएको अस्पताल श्रोतले जनाएको छ ।

लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको थियो । यात्रुले रिजर्भ गरेको बस फर्किदा बस सडकको बिच भागमा ठिंग उभिएको अबस्थामा रहेको थियो । बसको अगाडीको भागले भुइमा टेकेको र पछाडीको भाग आकास तर्फ फर्कियको बसको ६ पाङग्रा मध्य कुनैले जमिन नछोएको अबस्थामा बस दुर्घटना भएको घटनाले शनिबार उक्त तष्विर तथा भिडियो सामाजिक संजालहरुमा भाइरल नै भएको छ । उक्त घटनाको बिषयमा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।