
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । उनले आइतबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभाग ग्रहण गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका मन्त्रीहरुले स्वागत गरेका थिए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र आफ्नो कार्यकालमा भए, गरेका कामहरूबारे संक्षिप्त जानकारी समेत गराए ।
देश सङ्घीय संरचनामा गएसँगै गण्डकी प्रदेशमा नियुक्त हुने उनी पाँचौँ प्रदेश प्रमुख हुन ।
यसअघि बाबुराम कुँवर, अमिक शेरचन, सीताकुमारी पौडेल र पृथ्वीमान गुरुङ प्रदेश प्रमुख भएका थिए ।