लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय भलिबलमा फाईनल खेल सि.एस.जी. र सेनेरेटरी भिड्ने

-


     पोखरा क्लिक     
     चैत्र २ गते २०८० मा प्रकाशित


सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्कीको आयोजनमा शुक्रबार देखि भएको अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय पुरुष भलिबल प्रतियोगिताको खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेनेरेटरी फाईनको यात्रा तय गरेको छ । भने हाम्रो परिवारलाई हराउँदै सि।एस।जी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल सि।एस।जी र सेनेरेटरी बिच हुने भएको ।

तेस्रो स्थानको लागि गेट वय फाउन्डेसन र हाम्रो परिवार बिच भिडन्त हुने भएको छ । शुक्रबारको पहिलो खेलमा सेनेरेटी हाउसले नौलो घुम्ती नेपाललाई हराएको छ । दोस्रो खेलमा मानव संरक्षणलाई हराउँदै गेट वे फाउन्डेसनले गेट वए अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा पि एस एस जिलाई हराउँदै सिएसजी अघिल्लो चरणमा प्रवेश गरेको छ । चौथो खेलमा न्यु चिजन उपस्थित नभएको कारण नव जीवन निलो अघिल्लो चरणमा प्रवेश गरेको हो ।

पाँचौ खेलमा नव जीवन रातोलाई हराउदै गेट वे फाउन्डेसन अघिल्लो चरणमा प्रवेश गरेको छ । छौटौं खेलमा रिचवनलाई हराउदै सेनेरेटी हाउस अघिल्लो चरणमा प्रवेश गरेको छ । सातौँ खेलमा हाम्रो परिवार नेपालले नव जिवनलाइ हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमर थापा अलग किसिमको प्रतियोगिता भएको बताए । कास्की १५ प्रतिशतले प्रयोगकता बढेको प्रहरी तथ्यांक रहेको बताए ।

लागुऔषध पुर्व प्रयोगकर्तालाई मनोबल अभिवृदी र आशा जगाउन प्रतियोगिताले सहयोग गर्ने बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्की अध्यक्ष भिम पराजुलीको अध्यक्षतमा कार्याक्रम भएको थियो । पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार स्वरुप पाउने छन् । प्रतियोगितामा ११ टिम सहाभागी रहेका छन् । प्रतियोगिता शनिबार सम्मपन्न हुने छ ।