“महाजात्रा” चैत ९ गते देखि प्रदर्शन हुने तयारी

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

फिल्म षट्कोण आर्टसले निर्माण गरेको महाजात्रा फिल्म आउदो चैत ९ गते नेपाल सहित विदेशमा एकसाथ प्रर्दशन हुने तयारी गरिएको छ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले चैत ९ देखि नेपाल सहित विदेशमा एकै साथ प्रदर्शनका लागि वितरण गरेको उक्त फिल्मको प्रमोशनल टुरमा रहेको टोलीले जनाएको हो ।

चलचित्र पत्रकार संघ कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महाजात्राको टिमले उक्त फिल्म उत्कृष्ट बनेको दाबी गर्दै यस फिल्म समेत दर्शको रोजाइमा पर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

उक्त फिल्मको चैत्र ९ गते भन्दा अघि नै पोखरामा प्रिमियर सो हुने तयारी गरिएको लेखन तथा निर्देशन प्रदीप भट्टराईले बताए । पोखरा र फिल्म पर्यावाची शब्द जस्तै भएको दाबी गर्दै उहाँले ५० प्रतिशत फिल्महरु अझै पनि पोखरामा छायाङकन हुने गरेको दाबी गरे । यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ सुपरहिट भए पछि महाजात्राको अवधारणमा चर्चीत हाँस्यकलाकार हरिवंश आचार्य सहितको टिम फिल्ममा समेटेको उनको भनाई थियोे । ६ बर्षमा हालसम्म आपुले ५ वटा मात्र फिल्म बनाएको भट्टराईले जनाउनु भयो ।

चर्चीत हाँस्यकलाकार हरिवंश आचार्यले प्रदीप भट्टराईको निर्देशनमा पाँचौं फिल्ममा आफु जोडिएकोले त्यस फिल्ममा मुख्य भुमिकामा प्रस्तुतः भएको उल्लेख गरे । उनले पनि पोखराको सुन्दरताको वर्णन गर्दै प्रायः धेरै कुराको हब पोखरा भएकोले चलचित्र बनाउन देखि चलचित्र माया गर्ने दर्शक समेत पोखरामा बढी रहेको दाबी गरे । देशको परिस्थितीलाई दर्शाउन खोजेको उल्लेख गर्दै उनले सायद यो बर्षको महाजात्रा उत्कृष्ट फिल्म बन्न सक्ने दाबी गरे । सेन्सर वोर्डले अनावश्यक रुपमा फिल्महरु सेन्सर गरेर फिल्मी क्षेत्रमा लाग्ने व्यवसायलाई दुःख दिने काम गरेको उनको भनाई थियो । अहिलेको समयमा राम्रो नराम्रो फिल्म बन्दा दर्शकले त्यसको महत्व थाहा पाउने उनको भनाई थियो । राष्ट्रियता, जाति बिषेश, अश्लिल बिषयहरु समेट्दा त्यसले समाजमा पार्ने असर फिल्म निर्माता तथा निर्देशकहरुले अहिलेको अबस्थामा बुझेको हाँस्यकलाकार आचार्यको भनाई थियो ।

अर्का हाँस्यकलाकार राजाराम पौडेलले चलचित्रको खानी पोखरामा फिल्म बन्ने र माया गर्ने दर्शक भएको दाबी गरे । शत्रुगत, जात्रा, जात्रा जात्रा फिल्मबाट भट्टराईको निर्देशनमा बनेका फिल्ममा आफ्नो प्रस्तुती राखेका उनले यस फिल्म निकै उत्कृष्ट भएको दाबी गरे । कार्यकारी निर्माताः रविन्द्रसिंह वानियाले धेरै कलाकार सहित देशको समसामयिक बिषयमा फरक ढंगले अभिनय भएको उक्त फिल्मले दर्शकको मन जित्ने बताए ।

चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहेका छन् भने कार्की सहित रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतका कलाकारको अभिनय रहेको निमार्ण पक्षले जनाएको छ । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्र दीपेश खत्री ’म्याक्स’ र यज्ञेश्वर पौडेलको करिब साँढे ३ करोडमा उक्त फिल्म निर्माण भएको उहाँहरुको दाबी छ । उक्त फिल्मले राम्रो सफलता हासिल गरेसंगै अर्को नयाँ परिवेशमा फरक ढंगले फिल्म बनाउने आफुहरुको योजना रहेको भट्टराईले जनाए । आफुहरु फिल्मि क्षेत्रमा आएकोले यसलाई अझ राम्रो गर्न आफुहरुको प्रयास निरन्तर रहने उनको भनाइ थियो ।