
नेपाली राजनीतिले नयाँ मोड लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले पुरानो गठबन्धनलाई भत्काउदै नेकपा एमाले सहितको रास्वपासंग नयाँ गठबन्धन गरेको हो । नयाँ गठबन्धन भएसंगै तीन पार्टीका तीन जना युवा नेतालाई विना विभागीय मन्त्री पदमा नियुक्ति गरिएको हो ।

कागेंस सहितको गठबन्धन भत्किएसंगै सोमबार नै सानो आकारको मन्त्रिमण्डल बनेको हो । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बने भने रास्वपाबाट रवि लामिछाने विना विभागित मन्त्री भए । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नै उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको समेत सहभागिता रहेको थियो । आजै प्रधानमन्त्री ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्री नियुक्त गरेका हुन् । नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई पनि समेट्ने निर्णय गरेको छ । अब प्रदेश सरकारहरुमा पनि अंक गणितको खेल सुरु भएको छ ।




