
प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने उक्त प्रतियोगिताको लागि परिषदले विभिन्न खेलका प्रदेश संघका अध्यक्षहरु संग बैठक बसी तयारी सुरु गरेको हो । प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।

बागमती प्रदेशस्तरीय प्रतियोगिता यहि चैत्र २ गतेबाट औपचारिक रुपमा सुरु हुने भए पनि केही खेलहरु त्यस अगावै सञ्चालन हुने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत महिलारपुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् ।
सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ भने बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुने भएको छ ।
यसै गरी ति खेलका बन्द प्रशिक्षणका लागि विभिन्न स्थान समेत तोकिएको परिषदले जनाएको छ । जस अनुसार तेक्वान्दो, कराँतेको बन्द प्रशिक्षण नवलपुरमा हुनेछ भने फुटबल, बक्सिङ, क्रिकेट, पौडी, र भलिबलको बन्द प्रशिक्षण पोखरामा सञ्चालन हुने भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल लगायत विभिन्न ८ खेलका अध्यक्षहरुको समेतको सहभागिता रहेको थियो ।
यसैबिच, जिल्ला खेलकुदहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया सम्पन्न
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८०र०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् ।
कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल गरिएको सदस्य सचिव शर्माले बताए ।
नवलपुरमा हालै सम्पन्न १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समिक्षा, चैत्र २ गतेबाट सुरु हुने बाग्मती प्रदेशस्तरीय प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी र खेलाडी छनौटका बारेमा समेत् छलफल गरिएको परिषदले जनाएको छ ।
त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुले आ–आफ्नो प्रतिबेदन प्रस्तुतीमा जिल्ला खेलकुद संघहरुको गठन, रेफ्रि, प्रशिक्षक, निर्णायकहरुको सुचिकृत विवरण पेश गरेको विषयमा सदस्य सचिव शर्मा सदस्य सचिव शर्माले सबै जिल्ला खेल संघहरुलाई ७ दिन भित्र नविकरण गरिसक्न जिल्ला खेलकुद विकास समितिहरुलाई निर्देशन दिएका छन् । जिल्ला खेलकुदहरु बाट दिइने सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिंदै उनले जवाफदेहिता र क्षमता बढाउन आग्रह गर्दै खेलकुद क्षेत्रलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । खेलकुद विगतमा जस्तो कर्मकाण्डी समय विताउने थलोको रुपमा मात्र हेर्न नहुने भन्दै आ–आफ्नो तोकिएको जिम्मेवारीलाई पुरा गर्न उनले निर्देशन समेत् दिए ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालले समेत छुट्टा छुट्टै विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।