इन्द्रकलाको सातौं दिनको पुण्यतिथि

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८० मा प्रकाशित


पोखरा, २० फागुन

नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ । शोकसभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले इन्द्रकला पौडेल धार्मिक एवं सामाजिक व्यक्तित्व रहेको स्मरण गरे । उनले स्व. पौडेलले देखाएको सत्मार्गका कारण सन्ततिको सुखशान्ति रहेको भन्दै प्रेरणाको स्रोत रहेको बताए ।

कांग्रेस वडा कार्यसमितिका कावा अध्यक्ष खडानन्द पौडेलको अध्यक्षतामा भएको शोकसभामा बोल्ने वक्ताले स्वर्गीय पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे । कुश्मा ९, कटुवाचौपारी ज्ञादी निवासी पौडेलको गत फागुन १४ गते ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि समवेदना व्यक्त गर्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहकारी संस्था, आमा समूह, क्लब, आफन्त, शुभेच्छुक पुग्ने गरेका छन् । आइतबार मात्रै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, संविधान सभा सदस्य प्रकाश पौडेल, कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, पूर्व सांसद ओककला गौतम, बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठ, वडा ९ का अध्यक्ष राम शर्मा लामिछाने, नेपाल महिला संघ केन्द्रीय सदस्य शकुन्तला शर्मा, पोखरा विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्राध्यापक तीर्थराज अर्याल, पूर्व रजिष्ट्रार गोविन्द पौडेल, प्राडा कुसुमाकर न्यौपाने, डा. जगन्नाथ रेग्मी लगायत पुगेका थिए ।

यस्तै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की सचिव माधव बराल, पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओम घायल, गैससका गणेश क्षत्री, पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, सोम थापा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तीर्थ भट्टराई, उपसचिव प्रवीण ढकाल, उद्योगी विमल बस्याल, भेटेरीनरी कार्यालय पर्वतका रामजी पौडेल लगायत करिब ५ सय जना पुगेका थिए ।

इन्द्रकलाका ५ छोरा र २ छोरीमध्ये जेठा खगेन्द्रको निधन भइसकेको छ । अन्य छोराहरुमा प्रेमनारायण पौडेल, जय शर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल तथा छोरीहरु सीता सापकोटा र विना अधिकारी छन् ।



This will close in 20 seconds