
पोखरा १४, फागुन
पोखरा महानगरपालिका वडा नं. ७ स्थित समाजसेवा युवा क्लबको अध्यक्षमा मधु अधिकारी निर्वाचित भएका छन् ।
क्लबको शनिबार सम्पन्न १६ औं साधारणसभा तथा सातौं अधिवेशले सञ्चारकर्मी समेत रहेका अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा मनिष ओस्था र युद्ध बराल, सचिवमा दिपिका पराजुली, सहसचिवमा अस्मित बराल र कोषाध्यक्षमा रजत आचार्य छन् ।
यसैगरी कार्यसमिति सदस्यमा राजु बराल, सुमन पौडेल, मनु बराल, पुष्कर बराल, सविन परियार, अङ्कित बराल, दिपेश अधिकारी, सुजन बराल, गंगा बराल छन् । क्लब संरक्षक रमेश प्रसाद बराल चयन भएका छन् । शंकर प्रसाद बराल, प्रमोद पौडेल र झलक प्रसाद बरालको निर्वाचन मण्डलले नँया कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले क्लबलाई वडाको तर्फबाट भरपुर साथ र सहयोग रहने बताउँदै अबका दिनमा सशक्त ढंगबाट कार्यक्रम अगाडि बढाउन आग्रह गरे । वडासदस्य अर्जुन बहादुर थापाले लामो इतिहास बोकेको संस्थालाई चुस्तदुरुस्त राख्दै समाजमा क्रियाशील हुन आग्रह गरे । क्लबका पूर्वअध्यक्ष अंकित बरालले सबैलाई एकजुट गराएर अघि बढ्न सुझाव दिए । समाजसेवी शोभाचन्द्र बरालले सक्रिय भएर समाजमा सकारात्मक सन्देश फैलाउनुपर्ने बताए । क्लब अध्यक्ष परिवेश रेग्मीको अध्यक्षतामा कार्यक्रममा स्वगत सविन परियारले गरेका थिए ।