पूर्व खेलाडीहरु सम्मानित

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८० मा प्रकाशित



देशका लागि रगत पसिना बगाएका र आफ्नो समयका चर्चित खेलाडीहरु आज आईतबार राजधानीमा सम्मानित भएका छन् ।
भेट्रान खेलाडीहरुको छाता संगठन नेपाल मास्टर्स एथलिट एशोसियसनले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु¥याएका र राष्ट्रका लागि रगत पसिना बगाएका पूर्व खेल ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

आज बागबजारस्थित आराधना कम्प्लेक्समा भएको कार्यक्रममा पूर्व खेलाडी एवं सम्मानित ब्यक्तित्वहरुमा टेबल टेनिसका खेलाडी कवि केशरी बस्नेत र वाई।पी। लोहनी, फुटवलका डा। खगेन्द्र बहादुर श्रेष्ठ, श्याम के।सी।, खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र बिश्व प्रकाश थापा, महिला एथलेटिक्स खेलाडी, जसले समाजको परिवर्तनको संवाहकको रुपमा समेत आफुलाई स्थापित गर्न सफल, डा। कोकिला बैद्य र बक्सिङ्गका नरबहादुर थापालाई सम्मान गरको हो । सम्मानित हुने पूर्व खेलाडीहरुलाई प्रमुख अतिथी सनातन हिन्दु धर्मका ब्याख्याता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति आदरणीय जगमान गुरुङ्गले दोसल्ला ओढाई कदर पत्रले सम्मान गरको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्गले हनुमान र भिमसेनको कथाको उदाहरण प्रस्तुत गर्दै युवामा जोस र जाँगर मात्र हुने तर शक्तिको बारेमा जानकारी नहुने भन्दै पूर्व खेलाडीहरुले आफुलाई हनुमानको जस्तै शक्तिशाली रुपमा प्रस्तुत हुनु पर्ने र खेलकुदको परिवर्तनमा आफ्नो शक्तिलाई परिवर्तन गर्नु पर्ने बताए । कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल मास्टर्स एथलिट एशोसियसनका अध्यक्ष जि।एन। दाई शर्माले पूर्व खेलाडीहरुको संझना गर्नु पर्ने र त्यस्ता खेलाडीहरुबाट खेलकुदको विकासको बाटो कोर्नु पर्ने बताए । एथलिट संघका पूर्व उपाध्यक्ष द्वय स्व। भुवनदेव पन्त ९बबी दाई० र स्व। यज्ञलाल श्रेष्ठको निधनमा १ मिनट मौन धारण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, पूर्व चर्चित खेलाडी एवं पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, पूर्व ओलम्पियन बक्सिङ्ग खेलाडी एवं पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक रवी राज थापा, नेपाली महिला फुटबली पहिलो कप्तान एवं संचारकर्मी रमा सिंहले खेलकुदका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रमलार्य सफल पार्न सहयोग पु¥याउनु भएका नवराज घिमिरे र विजयदेव पन्तलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

ते¥हौं पुष्पलाल स्मृती ब्याडमिनटन भोलीबाट
ते¥हौ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किग ब्याडमिन्टन प्रतियोगिता भोली फागुन १४ गतेबाट हुने भएको छ ।
छ दिन सम्म संचालन हुने प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेकोछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाण्डौको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथीको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यु–१३ को ब्वाई र गल्र्स एकलको थप विधा समावेश गरिएको छ ।
ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार रासी ७ लाख २३ हजार रहेको छ । शिर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् । दुई समूहका शिर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । बिजयी खेलाडीले नगद ५० हजार, उपबिजयीले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।
प्रतियोगितामा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शिर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
राष्ट्रिय ब्याडमिन्टन संघले प्रिन्सलाई सम्मान गर्ने
१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन संघले नेपालका नम्बर १ खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ ।
पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलबाट सम्मानित गर्ने पूर्व घोषित निर्णय बमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए ।
पिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणमा विजय हात पार्न सफल भएका थिए ।

((