पोखरा १३, फागुन
पोखरामा एथरको इलेक्ट्रिक स्कुटर बिक्रि वितरण गर्न सुरु भएको छ । उक्त स्कुटर पोखरा क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा अटोवेज प्रालिले एथर ब्राण्डलाई पोखरामा भित्राएसंगै बिक्रि वितरण गर्न सुरु गरेको हो ।
पोखराको नयाँबजारस्थित अटोवेज भवनमै एथर शोरुम स्थापना गरिएको अटोवेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले बताउनु भयो । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुर पछि पोखरामा आइतबार देखी बिक्रि वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । मित्र र राष्ट्र भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा धेरैको रोजाईमा पर्न थालेकोले पोखरामा पनि यसको राम्रो सम्भवना देखेर आफुहरुले भित्राएको निर्देशक पौडेलले जनाउनु भयो ।
पोखरामा पहिलो डिलरसंगै सेर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिलेनै स्थापित गएिको उहाँले जनाउनु भयो। आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा चार्जिङ स्टेशन रहेका छन्। थप दुई चार्जरहरू शीघ्र सञ्चालनमा ल्याइने योजना रहेको पौडेलले सुनाउनु भयो ।
विशेष गरी, आटोवेज प्रा। लिले टोयोटाको डिलरको रूपमा पनि दुई दशक देखि भन्दा पोखरामा सेवा दिइरहेको छ ।एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा पोखरामा उपलब्ध हुनेछ । जसमा २।९ किलोवाट आवर र ३।७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने छन भने
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । उक्त स्कुटर वातावरण मैत्रि भएकोेले यसको प्रयोग नेपालमा अध्याधिक हुने कम्पनीले दाबी गरेको छ ।